'ज्योमो गाङ फिल्म अवार्ड' थाइल्याण्डमा

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौं ।  नेपालको आदिवासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाइल्याण्डमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विश्वकै एक आकर्षक पर्यटकिय गन्तव्य रहेको मुलुक थाइल्याण्डमा हुकुम मल्टिमिडिया प्रालिले अवार्ड कार्यक्रमको आयोजना हो । 

द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले नेपालको मौलिकपन आदिवासी जनजाति चलचित्रमा रहेको हुँदा देश विदेशमा आदिवासी जनजाति चलचित्रलाई प्रवद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आवश्यक रहेको बताउनुभयो। साथै उहाँले आदिवासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा हुकुम मल्टिमिडिया प्रालिका अध्यक्ष डिबी बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलका प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राईलगायतको उपस्थिती रहेको थियो।

ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समितिबाट छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठालेबाट गणेश गरुङ (सुबास), उत्कृष्ट अभिनेता चलचित्र देन्बा मायाबाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालामबाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रोबाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र मोङ डोङ २ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्री चलचित्र यारीबाट ज्योती राई, सह अभिनेता चलचित्र घ्रानबाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रोबाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्युबाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगालबाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्याबाट शंकर गुरुङ (बतासे) उत्कृष्ट छाँयाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र बज्रबाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श संगित चलचित्र म्ये क्युबाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युईबाट कुङगा छ्योइङ स्याङतान तामाङलाई अवार्ड प्रदान गरिएको थियो। साथै बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय