दुई युवकबाट हैरान भएकी मनुले लाइभ भिडियोमै गरिन् आत्महत्या

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

दुई युवकका कारण दिक्क भएकी एक युवतीले लाइभ भिडियोमै आत्महत्या गरेकी छिन्। भारतको पञ्जाबस्थित बरनालाकी मनु रानी नामकी युवतीले मलेसियामै फाँसी लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

जानकारीका अनुसार मनुलाई आरोपी दुई युवकले लामो समयदेखि सताइरहेका थिए। जसको उजुरी पहिले बरनाला प्रहरीमा दिइएको थियो। जसलाई प्रहरीले गम्भिर रुपमा लिएन्। जसका कारण एक युवती आत्महत्या गर्न बाध्य पारिएको समाचारमा उल्लेख गरिएको छ। 

मृतक मनुका पिता कुलविंदर सिंहका अनुसार मनुको उमेर २१ वर्षको थियो। उनलाई पछिल्लो वर्ष मात्रै मलेसिया पठाइएको थियो। 

आरोपीमध्ये एक युवकले आफ्नी छोरीलाई प्रायः सताउने भएका कारण ऋण लिएर छोरीलाई पछिल्लो वर्ष मलेसिया पठाएको मृतकका बाबुले बताए। तर मलेसियामा पनि ती युवकले पिछा नछोडेका कारण उनले बरनाला प्रहरीमा उजुरी दिएका थिए। तर त्यसको कुनै सुनुवाइ नभएको मृतकका पिताको आरोप छ। 

तस्वीर भाइरव बनाइदिने धक्की दिदै दुई युवकले छोरीलाई हैरान बनाएको पीडित बाबुको आरोप छ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय