विवाहअघि नै रमिताको मृत्यु भएपछि प्रकाशले लेखे भावुक स्टाटस

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

महेन्द्रनगर । बिहीबार टिप्परको ठक्करबाट २० वर्षीया युवती रमिता भट्ट (रोशनी)को मृत्यु भएपछि कञ्चनपुरको गोवरीया टोल शोकमग्न बनेको छ।

बैतडी दशरथचन्द नगरपालिका १ गुरुखोला घर भई पढाईका लागि डेरा लिएर गोवरिया बस्दै आएकि रोशनीको चौमन्न चोकमा टिप्परले किचेर मृत्यु भएको हो। 

युवतीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा अवरोध सिर्जना गरेका छन्।

रमिताको यही माघ १४ गते विवाह थियो। आफन्तलाई विवाहको कार्ड बाड्न हिँडेकि उनलाई टिप्परको चक्काले किच्दा घटनास्थलमै ज्यान गएको हो। 

रमिताको बैतडीकै गुरुखोला घर भएका प्रकाश टेरसँग विवाह तय भएको थियो।

करिब १ बर्ष अघि भागी विवाह गरेका उनीहरु आफन्तलाई सहमतिमा ल्याएर यही माघ १३ गते परम्परागत विवाह गर्ने तयारीमा थिए।

सबैभन्दा खुसीको दिन नजिकिँदै गर्दा रमिताले संसार छाडेर गइन्।

यो घटनाले रमितासँग भागी विवाह गरेका प्रकाश टेर अहिले सबैभन्दा पीडामा छन्।

उनले आफ्नो पीडा फेसबुकमा पोख्दै लेखेका छन्, ‘मेरै लागि परिवार सहित सबथोक त्याग्यौ तर मलाई बिचमै किन छोडेर गयौ। मैले यति लामो बाटो एक्लै कसरी हिड्ने ?’  

प्रकाश नेपाली सेनामा कार्यरत छन् ।

यो पनी

आफ्नो विवाहको कार्ड बाड्न जाँदा टिप्परले किचेर मृत्यु

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय