‘अला वैकुंठापुरमलो’ १० दिनमा कमायाे २२० करोड

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

काठमाडाैं । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखिनै एकदमै राम्रो कमाई गरेको थियो । पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ ।

फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो । पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ । फिल्मको सफलतापछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटर गरेका छन् ।

उनले एउटा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।'

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय