युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन । उनी सो कम्पनीको संस्थापक शेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष रहेका थिए ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिए । अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसक्नु भएको छ ।

देशको अर्थतन्त्र प्रतिगहिरो रूचि राख्नु हुने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन । अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय