गोपी आछामीः जसले जनयुद्धमा दुई बहिनी गुमाए

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं. १ बाट दलिततर्फ राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएका गोपी बहादुर आछामी पार्टीका इमान्दार, सरल र क्षमतावान् युवा नेता हुनुहुन्छ । 

यसअघि खेलकूद राज्यमन्त्री तथा संविधान सभा सदस्यको जिम्मेवारी समेत पूरा गरिसक्नुभएका आछामी यसपटक राष्ट्रिय सभा सदस्यका रुपमा संघीय संसदमा प्रवेश गर्नुभएको छ ।

माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत राजनीतिमा लाग्नुभएका आछामीले जनयुद्धमा आफ्ना दुई बहिनीहरु मञ्जु आछामी र निर्मला आछामीलाई गुमाउनुभएको थियो ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सह–इन्चार्जको भूमिका रहनुभएका आछामीको संक्षिप्त परिचय यहाँ प्रस्तुत गरिएको छ– 

नामः गोपी बहादुर आछामी
जन्मः २०३१ पुस ७ 
स्थायी ठेगानाः झागाझोली रातमाटा– २ बोहोरेटार, सिन्धुली
बुवाः मुरली आछामी 
आमाः सीता आछामी 
शिक्षाः आई एल 

संक्षिप्त राजनीतिक पृष्ठभूमि

  • २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहभागी हुँदै राजनीतिक जीवनको शुरुवात ।
  • नेपाल विद्यार्थी संघ प्रगतिशील मावि इकाई सचिव 
  • २०४७ अनेरास्ववियु स्कुल इकाई सचिव हुँदै वामपन्थी आन्दोलनमा आबद्ध ।
  • २०४८ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । सेल कमिटी सेक्रेटरी 
  • २०५३ भदौदेखि जनयुद्धमा पूर्णकालीन ।
  • पूर्णकालीन भइसकेपछि छापामार दल सदस्य हुँदै नेकपा माओवादी सिन्धुली जिल्ला सदस्य
  • २०५८ सालमा नेकपा माओवादी मकवानपुर जिल्ला सेक्रेटरी तथा पार्टी उपब्युरो सदस्य
  • २०५९ सालमा उदयपुर जिल्ला इन्चार्ज एवं जनकपुर–सगरमाथा ब्युरो सदस्य 
  • २०६१ सालमा जनमुक्ति सेनाको १७ औं बटालियन कमिश्नर
  • २०६२ सालमा विशाल–कुमार स्मृति ब्रिगेड कमिश्नर 
  • २०६२–६३ को जनआन्दोलनमा सहभागी
  • २०६४ सालमा मोरङ जिल्ला इन्चार्ज 
  • २०६४ सालमै संविधान सभा सदस्य
  • २०६९ सालमा खेलकुद राज्यमन्त्री
  • २०७० सालमा नेकपा माओवादी केन्द्र मोरङ जिल्ला अध्यक्ष तथा पार्टीको पोलिटव्यूरो सदस्य
  • हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सह–इन्चार्ज
  • २०७६ माघ ९ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश नं. १ दलित कोटा तर्फबाट निर्वाचित
कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय