म्याच हेर्न टिभि खोल्दा श्रीमानले गर्लफ्रेण्डलाई चुम्बन गरिरहेको देखेपछि..

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

एजेन्सी । इक्वेडरमा एक विवाहित व्यक्तीले खेल हेर्न स्टेडियममा गएका बेला गर्लफ्रेण्डलाई  किस गरेको भिडियो भाइरल बनेको  छ । 

देवेई एन्ड्रेड नामका व्यक्ती स्टेडियममा प्रेमिकासँग बसेर बार्सिलोना र डल्फिन बीचको फुटबल म्याच हेरिरहेका थिए। 

गर्लफ्रेण्डसँगै बसेर खेल हेरिरहेका ती पुरुष विवाहित थिए। 

स्टेडियममा खेल चलिरहँदा पटकपटक उनले प्रेमिकालाई चुम्बन गर्दै गरेको भिडियोमा देख्न सकिन्छ।

उनले यो थाहा पाएनन् कि त्यहाँको सिन टेलिभिजनमा लाइभ भइरहेको छ।

टिभीमा स्टेडियममा चलिरहेको म्याच ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

विवाहित ती पुरुषकी श्रीमती घरमा टिभि खोलर लाइभ खेल हेरिरहेकि थिइन्। 

घरमा टिभिमा खेल हेरिरहेको बेला श्रीमान्‌ले अर्को महिलालाई माया गरिरहेको देखेपछि उनी निकै आक्रोशित बनिन् ।

उनी यति आक्रोशित बनिन् कि क्रोधमा घरनै छाडेर हिडिँन्। यो भिडियो इक्वेडर सहित अहिले इन्टरनेटमा भाइरल बनेको छ। 

घर छाडेर श्रीमती निस्केपछि देवे एन्ड्राडेले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै गल्तीको लागि पत्नीसँग माफी मागेका छन् र उनलाई घर फर्कन आग्रह गरेका छन्।

तर, श्रीमती सम्पर्कमा नआएको उनले बताए। 

भिडियो भाइरल बनाइएपछि ती युवकलाई साथीहरुले समेत व्यंग्य गर्ने गरेका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय