यौन इच्छा नै नभएपछि...

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडाैं । हँलिसो मुहार, ‘स्टाइलिस्ट’ कपडा लगाएकी सन्ध्या बंसलको उमेर ४० वर्ष भन्दा जो कोहीलाई झट्ट पत्यार नलाग्न सक्छ । तपाई जम्मा ३० को उमेरको देखिनुहुन्छ, यसको राज के होला ? उनी भन्छिन्, ‘यसको राज हो – नो बोइफ्रेन्ड, नो हस्बैन्ड, नो फेमली र नो टेन्सन,’ सन्ध्याले हाँस्दै यसको जवाफ दिन्छिन् ।

सन्ध्या एक नाम चलेको कम्पनीको मार्केटिङ प्रोफेशनल हुन् । उनी दिल्लीमा एक भाँडाको फ्लयाटमा बस्छिन् । उनी एक्लै बस्नुको कारण हो – उनी ‘एसेक्सुअल’ (यौनिक) हुन् । उनले विवाह गरेकी छैनन् र परिवारबारे उनको धारणा पनि फरक छ । ‘एसेक्सुअल’ ती व्यक्तिलाई भनिन्छ जो प्राकृतिक रुपले कुनै पनि व्यक्ति(महिला तथा पुरुष)सँग यौन आकर्षण महसुस गर्दैनन् । यो एक किसिमको यौन चलन (सेक्सुअल ओरिएन्टेशन) हो ।

‘परिवार भन्दा पहिचान माथि’

सन्ध्या चाहादिनन् कि आफ्नो पहिचान परिवारको परम्परागत ढाँचामा हराएर जाओस् । उनलाई लाग्दैन एक खुसी परिवारको लागि पति–पत्नी र बच्चाको आवाश्यकता पर्छ । परिवारको लागि हरेक व्यक्तिको अलग परिभाषा हुनसक्छ भन्छिन् उनी । सन्ध्या भन्छिन्, ‘२३–२४ वर्षको उमेरमा मलाई लाग्न थाल्यो की म केही फरक छु । त्यो बेला मेरो उमेरको केटीहरुको ब्वाइफ्रेन्ड बन्न थालेका थिए । उनीहरु केटालाई डेट गरिरहेका थिए र सम्बन्ध राखिरहेका थिए ।

तर मेरो भने त्यस्ते केही भएको थिएन ।’ ‘त्यस समय मलाई एउटा युवक खुब मन परेको थियो । मलाई उसको हात निक्कै राम्रो लाग्थ्यो । सँगै रहदारहँदै उसका आशाहरु बढ्न थाले र यो समान्य पनि थियो । तर जब कुरा सेक्सको नजिक पुग्यो मैले एकदम असहज महशुस गरे । मेरो शरीरले यी सब कुरा स्विकार नै गर्न नसक्ने महशुस गने । मलाई सेक्सको आवश्यकतै नभएको महशुस गरे ।’ उनलाई सेक्सलाई लिएर डर पनि थिएन र आफ्नो जिन्दगीमा सेक्स बिना कमी पनि महशुस गर्थिइन् ।

कसरी चिनिन् आफ्नो यौनिकता ?

उनी भन्छिन्, ‘म सम्बन्धमा रोमान्टिक झुकाव त राख्थे तर मलाई कसैप्रति पनि यौन आकर्षण (सेक्सुअल एट्रेक्शन) महशुस भएन । जुन युवक मेरो प्रेमी थियो, मलाई उसको हातमा समातेर हिड्न निकै मन पर्दथ्यो । उसलाई अंगालो मार्न, ऊसँग समय बिताउँन... मलाई निकै खुसी लाग्थ्यो । तर सेक्सको समय मलाई निकै पीडा महसुुस हुन्थ्यो । मेरो शरीरले कुनै पनि प्रतिक्रिया दिदैन थियो ।’ सन्ध्याले यो कुराको अनुभव धेरै पटक गरिन् ।

हरेक पटक शारीरिक सम्बन्धसम्म पुगेपछि उनी पछाडी हट्ने गर्थिन् । जब उनले आफ्नो साथीलाई यी सबै कुरा सुनाइन् उनलाई डाक्टरकोमा जान सल्लाह दिइयो । यद्यपि, सन्ध्याले डाक्टरकोमा जानु अगाडी नै यो विषयमा पढ्न र बुझन सुरु गरिन् । यसको लागि उनले इन्टरनेट र यौनिकता (सेक्सुअलिटी)बारे जानकारी दिने वेबसाइडको सहयोग दिइन् । उनी सामाजिक सञ्जालमार्फत् केही यौनिकता (सेक्सुअलिटी)सँग सम्बिन्धित केही गु्रपमा जोडिइन् । सन्ध्या भन्छिन्, ‘सुरुमा मलाई लागेको थियो कि म कुनै गम्भिर समस्यामा छु ।

आफुनो सम्बन्ध टुटनुलाई म आफै दोषी ठान्थे । जसरी मैले यौनिकताका बारेमा पढ्न र बुझन थाले आफूले आफैलाई स्वीकार गर्न सुरु गरे । बिस्तारै मैले बुझन थाले, मलाई कुनै रोग छैन र म असामान्य मानिस पनि होइन । सामाजिक सञ्जालबाट मैले मजस्तै अन्य एसेक्सुअल व्यक्तिहरुलाई पनि चिन्न थाले । यसरी समयसँगै म आफ्नो शरीर र यौनिकता (सेक्सुआलिटी)को विषयमा सहज हुन थाले ।

त्यसपछि उनले पार्टनर खज्ने प्रयास गरिनन् भन्ने प्रश्नमा सन्ध्याको जवाफ यस्तो छ, ‘मेरो धेरै अनुभवहरुबाट सिकिसकेको थिए कि यदि कुनै पुरुषसँग सम्बन्धमा रहे भने पनि विगतको जस्तै हुने छ । यो बिचमा म आफ्नो लिंग पहिचानको विषयमा धेरै गम्भिर भइसकेको थिए । त्यसैले केही गरी पनि म सम्झौता गर्न तयार थिइन । मलाई यो पनि थाहा थियो की कोही एसेक्सुअल केटा मात्र मेरो साथी बन्न सक्छ । त्यसैले मैले कसैसँग डेट गर्न र जोडी खोज्नै छोडिदिए ।’

कस्तो परिवार चाहन्छिन् सन्ध्या ?

त्यसोभए के सेक्सुअल समुदायमा उनले कोही पार्टनर भेटिनन्, जोसँग उनी जीवन बिताउँन सक्छिन् । यसमा सन्ध्याको भनाइ छ, सामाजिक सञ्जालमा उनले धेरै व्यक्ति भेटिन्, तर वास्तविक जीवनमा कोही छैनन् । उनी भन्छिन्, ‘धेरै मानिसहरु यौनिक हुन्छन्, तर सही जानकारी नपाएका कारण उनीहरु आफैलाई बुझन सक्दैनन् । कोही मानिसहरु सामाजिक र पारिवारिक दबाबका कारण सर्वाजनिक रुपले आफ्नो यौनिकताका बारेमा व्यक्त गर्न सक्दैनन् र भित्रभित्रै दुखी बन्छन् ।’  यदि उनले एसेक्सुअलिटी समुदायबाट कोही राम्रो युवक पाइन् भन यसबारे उनी सोच्नेछिन् ।

एक यौनिक महिलाको रुपमा उनका लागि परिवार के हो ?

यसको जवाफमा सन्ध्या भन्छिन्, ‘अहिलेसम्म त म सिंगल छु । आगामी दिनमा पनि म सिंगल नै रहनेछु । हाललाई मेरा साथीहरु, आफ्न्त म बसेको भवनमै बस्ने केटीहरु नै मेरो परिवार हो । हामी फरक–फरक कोठामा बसेपनि हाम्रो भान्छा साझा छ । एक अर्काको सुख दुखमा साथमा हुन्छौ । म चाहदिन की परिवार मसँग यसरी हाबी होस् जसको कारण मेरो पहिचान नै बिग्रियोस् ।

एक्लै बस्न डर लाग्दैन ?

सन्ध्याले केही गरी आफूले चाहे जस्तो पाटनर पाएमा उनीसँग सम्बनधमा रहन सक्छिन् तर त्यसको केही आफ्नै नियम हुने छ ।  उनी भन्छिन् –‘परिवार शब्द सुनेर मेरो मनमा जे कुरा आउँछ त्यसमा मेरो पाटनर त हुन्छ साथै खाली ठाउँ पनि । म चाहन्छु की हामी एउटै घरमा बसौ तर हाम्रो कोठा फरक फरक होस् मात्र हामा्रे भान्छा एक होस् जहाँ हामीसँगै मिलेर खाना बनाउँन सकियोस् । हामी फरक फरक कोठामा रहे पनि भावनात्मक रुपमा एक अर्काको साथमा हुन सक्यिास् ।

आमा बन्ने र बच्चाको बारेमा सोध्दा सन्ध्या भन्छिन् –‘बच्चा मलाई अरुकै राम्रो लाग्छ । म आफ्नो बच्चा चादिन मलाई लाग्दै कि बच्चा नचाहदैमा महिला मम्जोर हुनछे । उनी पेरी भन्छिन् –‘मानिसहरु सधैँ मलाई सोध्ने गर्छन ,तिमी एक्ले बस्छौ बच्चा भएन भने बुढेशकालमा कसले हेर्छ ?

मेरो सिधा जवाफ यही हुन्छ: के सबै बच्चाले बुढेशकालमा हेरचाह गर्छ ? म मेरो बुढेसकालको लागि आफै सेभिङ गरिरहेको छु । मलाई थाहा छ म एक्लै छु त्यसैले आफ्नो लागि आफै गर्नुपर्छ । म मिठो खाना खान्छु । योगा गर्छु र कुनै पनि विषयको निर्णय सोचेर लिने गरेको छु । ’ सन्ध्याको आफ्न्त र परिवार विवाहको लागि आग्रह गरिरहन्छन तर उनी सबैलाई अस्वीकार गर्छिन ।

‘विवाह नगर्दा केही बिग्रदैन’

उनी भन्छिन्, ‘मेरो सानो बहिनीको विवाह भइसकेको छ । त्यसैले विवाहको दबाब धेरै आउँने गरेको छ । तर मैले आफ्न्ता र परिवारको यो विषयको कुरा नै सुन्न छोडिसकेको छु । म आफैमा आत्मानिर्भर छु । म एक्ले खाना खान जान्छु । कयौ पटक म बिरामी पर्दा पनि एकलै जाने गरेको छु । मलाई विवाह जीवनमा आवश्यक छ जस्तो लाग्दैन । । मेरो हिसाबमा मेरो जरुरत भनेको मेरो मर्जी हो । जीवज जीउने स्वतन्त्रता र शान्ति ।’

उनको अफिस र बाहिरी दुनीयाँमा मानिसहरुको रवैया कस्तो हुन्छ ?

यो कुरामा उनी भन्छिन्, ‘मानिसहरु म ४० वर्षको भन्दा पत्याउँदैन । म सिंगल छु र कुनै सम्बन्धमा छैन भन्दा विश्वास गदैनन । मैले झूठ बोल्दै छु र म धेरै सम्बनधमा छु की मलाई केही रोग छ भन्छन् । मानिसहरु मेरो बारेमा अनेक कुरा गर्दन तर म वास्ता नै गर्दिन । मेरो साथी धेरै राम्रो छ तर एसेक्सुअल हो भन्दा न त्यसलाई बुझछ नत स्वीकार नै गर्छ । उ मेरो धेरै चिन्ता गर्छ र सधैँ डाक्टरको जाने सल्लाह दिन्छ ।

तर म डाक्टरकोमा जादिन किन भने यने मेरो लागि सामानय समस्या हो ।’ समाजको एक वर्ग यस्तो लाग्छ जो समलिंगी, ट्रान्स या एसेक्सुअल सम्बन्धको मान्यता मिल्यो भने परिवारको ढाचा बिग्रनेछ । उनी भन्छिन् –‘म धेरै सामान्य भाषामा सम्झाउँने कोसिस गर्छु । कसैको पनि बँगैचामा एक रङको फूल हुदैन । धेरै रङको फूल भएर नै बँगैचा सुन्दर देखिए जस्तै फरक फरक मानिसले गर्दा हाम्रो श्रृष्टि सुन्दर छ ।’ सन्ध्या भन्छिन्, ‘दुनियााको आमादी यति ठूलो छ की केही मानिसहरु विवाह नगदैमा बच्चा नजन्माउँदैमा केही पनि बिग्रदैन ।’

-बीबीसी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय