माघ ९ गतेदेखि काठमाडौँमा ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन हुने

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्ने भएको छ। 

प्याब्सनको आयोजना र सीटीएफ नेपालको सहयोजनामा सम्मेलन माघ ९ र १० गते काठमाडौंमा हुनेछ। विश्वमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपालको शिक्षालाई समय सापेक्ष रुपमा अगाडी बढाउन सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताउनुभयो । 

नेपालको श्क्षिा प्रणाली पुरानै विधि र ढंगले अगाडी बढिरहेकोले यसलाई समय सापेक्ष रुपमा अगाडी बढाउन सहयोग गर्ने उद्देश्यले प्याब्सन अगाडी बढिरहेको उहाँले बताउनुभयो । अहिलेको आश्यकता शिक्षालाई सीपसँग जोड्न सकेमात्रै व्यवहारिक हुने उहाँको भनाई छ ।

सम्मेलनमा देश विदेशका विभिन्न विज्ञहरुको आफ्नो प्रस्ततीहरु दिने कार्यक्रम रहेको छ । कार्यक्रममा सरकारी निकायका प्रतिनिधिहरु, विश्वविद्यालयका प्राध्यापक, निजी विद्यालयका संचालक प्रधानाध्यापक, शिक्षक सामुलायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षा नीतिमा काम गर्ने विज्ञहरु लगायत ३ सयभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ । 

कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रममा स्वामी आनन्द अरुणले आध्यात्मिक मूल्यमान्यता, प्रा.डा.बालचन्द्र लुईंटेलले स्टिम एजुकेशन, डा. सुशिल कँडेलले विद्यालयमा मनोविज्ञान लगायत अन्य विज्ञहरुले आफ्नो प्रस्तुति दिनुहुनेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय