सलमानको सफलताका पछाडि 'प्रेम'को रहस्य

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडाैं । बलिउडका चर्चित स्टार सलमान खानले बलिउड क्षेत्रमा ३० वर्ष बिताइसकेका छन्। उनले बलिउडका कयौँ फिल्ममा काम गरिसकेका छन्। जसमा उनले कयौँ भूमिका निर्वाह गरेका छन्। चाहे बजरङ्गी भाईजानमा बजरङ्गीकाे भूमिका होओस् चाहे सुल्तानमा सुल्तान अलि खानको भूमिका नै किन नहोओस् । उनले गरेका फिल्म दर्शकले निकै रुचाएका छन्। 
यसै क्रममा सलमानले फिल्ममा निभाएको प्रेमको भूमिका निकै रुचाइएको छ। लभ स्टोरीमा बनेका सलमानका फिल्म सबैभन्दा हिट पनि बनेका छन्। यस्ता छन् सलमान खानले अभिनय गरेका

लभ स्टोरी फिल्मः
१) मैँने प्यार किया
मैँने प्यार किया फिल्म सलमान खानको पहिलो मूख्य भूमिका निर्वाह गरेको फिल्म हो। सन् १९८९ मा प्रदर्शन भएको यस चलचित्रमा सलमानले भाग्यश्रीको भूमिका निर्वाह गरेका थिए। यस फिल्मपछि सलमानले कयौँ फिल्ममा प्रेमको भूमिका निर्वाह गरेका थिए। यो फिल्म निकै फिट भएको थियो। 

२) अंदाज अपना अपना
सन् १९९४ मा प्रदर्शन भएको फिल्म अंदाज अपना–अपनामा सलमानले प्रेम भोपालीको भूमिका निर्वाह गरेका थिए। यो फिल्ममा सलमानसँगै आमिर खानपनि देखिएका थिए। यो फिल्मलाई दर्शकले निकै मन पराएका थिए। 

३) हम आपके हैँ कौन...।
सन् १९९४ अगष्ट ५ मा प्रदर्शन भएको चलचित्र हम आपके हैँ कौन आज पनि दर्शकले उत्तिकै सम्झिन्छन्। यो फिल्ममा प्रेमको भूमिका निर्वाह गरेर सलमानले सबै दर्शकको मन जितेका थिए। जहाँ उनले माधुरी दीक्षितसँग रोमान्स गरेका थिए।

 ४) जुडवा 
सन् १९९७ फेब्रुअरीमा प्रदर्शन भएको यो फिल्ममा सलमानले डबल भूमिका निर्वाह गरेका थिए। जुन फिल्ममा सलमानले राजा र प्रेम मल्होत्राको भूमिका निर्वाह गरेका थिए। उनको अभिनयले सबै दर्शकको मन जितेको थियो। उक्त फिल्म निकै हिट भएको थियो। 

५) दिवाना मस्ताना 
सन् १९९७ सेप्टेम्बरमा प्रदर्शन भएको चलचिध दिवाना मस्ताना पनि प्रेम कथामा आधारित चलचित्र हो। यसमा अनिल कपुर र गोविन्दाको मुख्य भूमिका रहेपछि सलमानो प्रेम भूमिका निकै उत्कृष्ट थियो। 

६) बीवी नं १ 
स्न १९९९ मे महिनामा प्रदर्शन भएको चलचित्र बीवी नम्बर १ पनि निकै हिट फिल्म मानिन्छ। यसमा सलमानले निर्वाह गरेको प्रेमको भूमिकाको निकै चर्चा भएको थियो।

७) सिर्फ तुम 
सन् १९९९ जुनमा प्रदर्शन भएको चलचित्र सिर्फ तुममा पनि सलमानको प्रेम भूमिका निर्वाह गरेका थिए। यसलाई पनि निकै रुचाइएको थियो।  

८) पार्टनर 
सन् २००७ जुनमा प्रदर्शन भएको चलचित्र पार्टनर पनि निकै हिट भयो। यसमा सलमानले प्रेम लभ गुरुको भूमिका निर्वाह गरेका थिए।

९) मैरी गोल्ड
सन् २००७ अगष्टमा प्रदर्शन भएको यस फिल्म निकै निकै हिट भएको थियो। जसमा सलमानको प्रेम भूमिका निकै रुचाइएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय