अक्षय कुमारको पारिश्रमिक १२० करोड

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडौँ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा २ सय करोड कमाई गरेको छ उनै, अक्षय कुमारले एक नयाँ फिल्ममा एक सय करोड भन्दा बढी पारिश्रमिकमा साइन गरेका छन् ।

भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, उनले आनन्द एल राइले निर्देशन गर्ने नयाँ चलचित्र १ सय २० करोडमा साइन गरेका छन् । योसँगै अक्षय बलिउडमा सर्वाधिक महंगो पारिश्रमिक लिने कलाकार समेत बनेका छन् । उक्त फिल्ममा त नायिका साराअली खान र नायक धनुषको जोडीलाई पर्दामा देख्न पाइनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय