बेहुलीकी आमालाई बेहुलाका बुवाले भगाएपछि...

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडौं । संसारमा कुनै अपत्यारिला घटना हुन्छन् । जुन सत्य भए पनि पत्याउन कठिन हुन्छ । अझ प्रेम सम्बन्धसँग सम्बन्धित् घटना अनौठो हुने गरेका छन् । यस्तै घटना हालै भारतमा भएको छ । छोराछोरीको बिहेको मिति तोकिएर सबै तयारी भइरहँदा बेहुलीकी आमालाई नै बेहुलाका बुवाले भगाएका छन् ।

भारतको गुजरातको सुरत जिल्लामा भएको यो घटनाले दुवै परिवारबीच विवाद सृजना गरेको छ । आउँदो फेब्रुअरीमा काटरगामका युवक र नवसारीकी युवतीबीच हुने विवाहको तयारी भइरहेका बेला जनवरीमै बेहुलीकी आमालाई र बेहुलाका बुवाले भगाइदिएका हुन् र उनीहरुबीच विवाह नै भइसकेको अनुमान गरिएको छ ।

दुवै परिवारिक सदस्यकाअनुसार उनीहरुबीच पहिले नै चिनजान रहेको र भेटघाट पनि भइरहेको थियो । भागेका केही दिनसम्म उनीहरु फर्कने आशा गरेका परिवारका सदस्यले पछि प्रहरीमा उजुरी दिएका छन् । उनीहरु हालसम्म फर्किएका छैनन् भने तय भएको उनीहरुको छोराछोरीको विवाह तोडिएको छ । एक वर्ष अघि विवाहको तय भए पनि विवाह मिति आउनै लाग्दा बेहुलीकी आमा र बेहुलाका बुवा भागेका हुन् ।

आजतक

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय