वैदेशिक रोजगारपछि नेपालमै मृत्यु भए पनि ७ लाख सहयोग

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडौँ । सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन्। 

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ । आजको कारोबार दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय