आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रमोद खरेलले लेखे यस्तो स्टाट्स

dainikonline
दैनिक अनलाइन | माघ ६, २०७६ सोमबार | 0

गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि गायक प्रमोद खरेलले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै गायिका आस्था राउतका बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका छन्। 

उनले लेखेका छन्, 'गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संघ संस्था नभएको अनुभव भयो आज। सेतुरामदेखि आजको दिनसम्मको इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले।'

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो। जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय