दाङको बराहक्षेत्रमा भँगेरी हराएपछि खैलाबैला, भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

केशरमान बुढाथोकी 
दाङ । पछिल्लो समय निकै चर्चाको शिखर चुम्न सफल लोकदोहोरी गीत भँगेरी चरीकी गायिका रिना केसीले दाङको बाह्रकुने दहस्थित बराहक्षेत्रमा भँगेरी चरी हराएपछि तहल्का मच्चिएको छ । 

बराहक्षेत्रको सांगीतिक मञ्चमा चर्चित गीत भँगेरी चरी गाउन जब गायिका रिना केसी स्टेज चढिन्, हजारौंको संख्यामा भीड उर्लिएपछि प्रहरीलाई समेत भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

नेपालको दुर्गम पहाडी जिल्ला बाग्लुङको एक मध्यम वर्गीय परिवारमा जन्मिएर नेपाली सांगीतिक आकाशमा उदाउने सुनौलो सपना बोकेकी बाग्लुङकी चेलीको सांगीतिक क्षेत्रको अनवरत साधनापछि चुलिएको चर्चा आज दाङ घोराहीको बराहक्षेत्रमा पनि उत्तिकै देखिएको छ ।

सांगीतिक क्षेत्रमा सफलता पाउनका लागि गरिने सबै दुःखकष्ट सहेर अहोरात्र मेहनत गरेकी रिनाको लगातारको त्याग, तपस्या र साधनाका खातिर सफलता प्राप्त गरेकी हुन् ।

रित्तो काखु बोलको गीत लिएर पहिलोपटक नेपाली सांगीतिक आकासमा उदाएकी बाग्लुङकी चेली रिनाले फेरि आयो दशैँ, डाँडामाथि घाम जस्तै डुब्दै गए भने, पागल पागल बनायौ, भँगेरी, तिखु, तोरङ गंगालाई लगायतका गीतहरु बजारमा ल्याइसकेकी छन् । यिनै सुरिलो स्वरकी धनी सुशील र शालीन ब्यक्तित्वकी धनी गायिका रिनाले बुधबार दाङ घोराहीका आम दर्शकको मन जित्न सफल भइन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय