प्रहरी सवार गाडी दासढुङगामा दुर्घटना

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

दमौली। तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ ।

दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । 

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो ।

घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो। 

गाडीमा ३४ प्रहरी सवार रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय