रेशम चौधरी चाँडै छुट्दैछन् : प्रचण्ड

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेलमा रहेका राजपा सांसद रेशम चौधरी चाँडै छुटने बताउनु भएको छ।

बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै  प्रचण्डले उक्त कुरान बताउनु भएको हो। 

टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीलाई छिट्टै छुटाइने दाहालले बताउनुभयो।

दाहालले रेशम चौधरीलाई सबभन्दा पहिला आफूले प्रधानमन्त्री हुँदा दिल्लीमा भेटेको स्मरण गर्नुभयो। 

सरकार र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको भन्दै प्रचण्डले अघि भन्नुभयो, ‘केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरु छुट्न बाँकी छ । छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ ।’

समस्याहरु समाधान गर्न संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेकोमा प्रचण्डले जोडदिनुभयो।

फरक प्रसंगमा प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताउनु भयो।

आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको दाहालको दाबी छ।

‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ प्रचण्डले भन्नुभयो।

हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेको भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताउनु भयो।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय