सिंहदरबारको क्यान्टेनमा सब्जीमा भेटियो साङला !

dainikonline
फाइल तस्विर
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0
फाइल तस्विर

काठमाडौं । देशकै मुख्य प्रशासनिक केन्द्र रहेको सिंहदरबार स्थित एक क्यान्टेनमा खाना खाने क्रममा सब्जीमा साङला भेटिएको छ । 

संसद सचिवालयको क्यान्टिनमा मंगलबार एक ग्राहकले खाना खाने क्रममा साङला भेटाएपछि केहि समय विवाद भएको थियो ।

ग्राहकले आक्रोश पोखेपछि किचनवालाले गल्ति स्वीकार गरेका छन् । 

संसद सचिवालयका कर्मचारीहरुले खाना खाने उक्त ठाउँमा फोहोर भएको गुनासो पटक पटक आउने गरेको छ।

क्यान्टिन अव्यवस्थित भएको गुनासो बढदै गएपछि क्यान्टिन हेर्नका लागि एउटा समिति नै गठन गरिएको छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले क्यान्टेनमा गत चैतमा अनुगमन गरेको थियो । उक्त समयमा समेत किचेन फोहोर रहेको पाइएपछि कारवाहीको चेतावनी समितिले दिएको थियो।

तर अझैपछि किचेनमा सुधार नभएको पाइएको हो । 

सिंहदरबार मात्र नभई कतिपय अन्य ठाँउका किचेनमा समेत कुहिएको सब्जि पकाउने, फोहोर भाँडाकुँडामै खाना बनाउने तथा खानाको गुणस्तर कम रहेको गुनासो आउने गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय