काठमाडौं सहित देशभर ऐनसेल टावरमा श्रृखलाबद्ध आगजनी

dainikonline
फाइल तस्विर
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0
फाइल तस्विर

काठमाडौं । मलेसियन एक्जिएटा कम्पनी एनसेलका देशभरका विभिन्न ठाउँमा रहेका टावरमा आगजनी तथा तोडफोड भएको छ।

गएराति काठमाडौँको दक्षिणकाली नगरपालिका ८ छैमलेमा रहेको एनसेल टावरमा आगो लगाइएको छ भने काठमाडौँकै तारकेश्वर जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति आगजनी भएको छ ।

स्थानीयका अनुसार राति टावरमा ठूलो आगो देखिएको थियो।

यस्तै, धादिङको नीलकण्ठ नगरपालिका दरबारकोटमा एनसेल टावरमा पनि आगजनी भएको छ । नुवाकोटलगायत विभिन्न जिल्लामा एनसेल टावरमा आगो लगाइएको हो। 

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा ५ गोरह्याङ र बेलकोटगढी नपा ४ दुईपीपलमा रहेका एनसेलका टावरमा पनि आइतबार राति आगजनी तथा तोडफोड भएको थियो। 

यता ललितपुरको महाकाल गाउँपालिका ५ बतासेमा रहेको टावरमा समेत आगजनी भएको भएको स्थानीयले बताएका छन् । काभ्रे, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, कास्की, दार्चुलालगायत विभिन्न जिल्लामा रहेका एनसेल टावरमा आगजनी तथा तोडफोड भएको समाचार प्राप्त भएको छ ।

अहिलेसम्म कसैले आगजनीको जिम्मा लिएको छैन । आगजनीका कारण विभिन्न जिल्लामा एनसेल सेवा अवरुद्ध भएको छ ।

 सरकारलाई ७२ अर्बभन्दा बढी कर नतिरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा आगजनी गर्दै आएको थियो।

पछिल्लो घटनाबारे उक्त पार्टीले अहिलेसम्म मुख खोलेको छैन् ।

यसैबीच,  नेपाल दूरसञ्चार प्राधिकरणले टावरहरुमा क्षती पुर्याई सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

दूरसञ्चार प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको अवस्थामा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने जनाएको छ। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय