काँग्रेस वरिष्ट नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

काठमाडौं । दिल्लीमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । 

भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । 

काँग्रेस वरिष्ट नेता पौडेल स्वास्थ्य उपचारका लागि २ दिन अघि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो। 

रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका लागि उहाँ दिल्ली जानुभएको हो । 

नयाँदिल्ली बसाईंका क्रममा राजनीतिक भेटघाट पनि गर्नु भएको हो। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय