सभामुखको उम्मेद्वार तय नहुन्जेल राजीनामा दिन्न : उपसभामुख तुम्बाहाम्फे

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताउनुभएको छ।

सोमबार आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्युज एजेन्सी नेपालका सम्बादाताहरुसँग कुरा गर्दै अहिले आफुले राजिनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताउनुभयो।

संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहिन हुने कल्पना नगरेकोले पनि आफुले राजिनामा दिन नहुने बताउनुभयो।

राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन त्यति नै बेला आफुले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने पनि बताउनुभयो।

अहिले आफु कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनैपनि दलको निर्देशन आफुमाथि लागू नहुने बताउनुभयो।

अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम हो।

संवैधानिक पदमा बसेको व्यक्तिले गैर–जिम्मेवार भएर प्रतिनिधि सभालाई नेतृत्व विहिन बनाउने पक्षमा आफु नरहेको पनि बताउनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय