आज बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

काठमाडाैं । आज सुनको मूल्य ७ सयले बढेकाे छ । मंगलबार प्रतितोला ७४ हजार निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज छापावाल सुनको मूल्य पनि बढेको छ ।

मंगलबार ७३ हजार ७ सय निर्धारण गरिएको छापावाल सुनको मूल्य  ७४ हजार ४ सय रुपैयाँमा पुगेकाे छ  । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ८५ निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय