नेहा कक्कड र आदित्य नारायणको विवाह मिति सार्वजनिक, आगामी भ्यालेन्टाइन डे पक्का

dainikonline
एजेन्सी | माघ १, २०७६ बुधबार | 0

काठमाडाैं । गायक नेहा कक्कड़ र आदित्य नारायणको विवाह टिभी रियलिटी शो ‘इन्डियन आइडल ११’ को सेटमा तय भएको छ । एउटा एपिसोडको क्रममा, उनीहरूका दुबैका आमा बुबाआमा पुगेका थिए र उनीहरूको विवाहको पुष्टि गरेका हुन् ।

यो मात्र होईन, गायक दम्पती आगामी भ्यालेन्टाइन डे मा विवाह गदैछन् । कार्यक्रममा पाहुनाका रूपमा आएकी नेहाकी आमाले भनिन्, हामीले तिम्रो विवाह आदित्यसँग गर्ने निर्णय गरेका छौ । तिम्रो बुबा र म त्यो केटालाई धेरै मन पराउछौं र विवाहको बारेमा सोच्दै छौं ।

यो समयमा नेहा एकदम चकित भएकी थिइन आमाले फेरी भनिन् ‘नेहा, हामी तिमीलाई धेरै माया गर्छौं । ’सोही समयमा सम्बन्धको निर्णय गर्न शोमा आएका उदित नारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाहको कुरा गर्न आएका हौ । दुबैको जोडी पनि निकै जमेको छ ।’ नेहा बाहेक दुबै जज हिमेश रेशमिया र विशाल डडलानीले उक्त अवसरमा खुसी व्यक्त गरे । हिमेशले भने ‘यदि फेब्रुअरी २ मा विवाह हुन्छ भने फेब्रुअरी १ मा मेहँदीको आयोजना गर्नु पर्छ ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय