आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने पर्व : अध्यक्ष प्रचण्ड

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्ति पर्वले आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने बताउनु भएको छ । माघे सकराती÷माघे संक्रान्ति÷मकर संक्रान्ति र माघीका रुपमा मनाइने पर्वको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना पनि व्यक्त गर्नुभएको छ ।

शुभकामनाको पूर्णपाठ
थारु, मगर लगायतका आदिवासी जनजाति एवं आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गर्दछु ।

नेपाल बहुजाजीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । 

यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु । 

यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय