घरभित्र खाल्टो खनेर गाडिएको टिनको बाकसमा एक करोड भेटियाे

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडाैं । भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँ (नेपाली एक करोड दुई लाख बढी)सहित प्रहरीले कैलालीबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए ।

चोरिएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हाे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय