आज सुनको मूल्य ८ सयले घट्याे, कतिमा हुँदैछ काराेबार ?

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडाैं । आज सुनको मूल्य ८ सयले घटेको छ । सोमबार प्रतितोला ७४ हजार ८ सय निर्धारण गरिएको सुन आज प्रतितोला ७४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज छापावाल सुनको मूल्य पनि घटेको छ ।

सोमबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७३ हजार ७ सय निर्धारण गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार प्रतितोला ८ सय ९० रुपैंयामा कारोबार भएको चाँदी आज १० रुपैंयाले घटेर ८ सय ८० निर्धारण गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय