माछा मार्न गएका दुई नेपाली दाजुभाइको समुद्रमा डुबेर मृत्यु

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

लिस्बन । पोर्चुगलको समुन्द्रमा माछा मार्न गएका दुई नेपाली दाजुभाईको मृत्यु भएको छ। 

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका नेपालका दुई दाजुभाइको समुद्रको छालले तान्दा मृत्यु भएको हो। मृत्यु हुनेमा धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबाको रहेका छन्। 

आइतबार कास्काइसको ‘बोका दि इन्फेर्नो’ भन्ने सामुन्द्रिक तटमा माछा मारिरहेका उनीहरूलाई छालले तानेर बगाएको थियो। निषेधित क्षेत्रमा गएर माछा मारिरहेका उनीहरूमध्ये पहिला दाजुलाई बगाएको र भाइले बचाउन खोज्दा भाइलाई पनि छालले तानेर लगेको अनुमान गरिएको छ।

उनीहरूलाई छालले तानेर बगाएको त्यहाँ छाल हेर्न गएकाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै सामुद्रिक प्रहरीले  खोजी गरेर उद्धार गर्न सफल भएपनि उनीहरूको मृत्यु भइसकेको थियो। काइस्काइको बोका दि इन्फेर्नो जसलाई पोर्चुगलवासीले नर्कको मुख भन्ने गर्छन। 

मृतक दाजुभाइले कासकाइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका थिए। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय