आदित्यनारायण झा र नेहा कक्करको बिहे फेब्रुअरी १४ मा पक्का

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो इन्डियन आइडल ११ ले यतिबेला निकै चर्चा बटुल्न सफल भएको छ । होस्ट आदित्यनारायण झा र नेहा कक्करको मस्ती पनि दर्शकहरुले रुचाईरहेका छन । यसै शो मार्फत आदित्यले नेहालाई केहि दिनदेखि विवाहका लागि मनाउने कोसिस पनि गरिरहेका छन ।

शो मार्फत आदित्यले नेहालाई प्रेम प्रस्ताव समेत राखिसकेका छन । आइतवारको एपिसोडमा भने आदित्य र नेहाको परिवारले विवाहका लागि मन्जुरी दिएका छन। आइतबारको एपिसोडमा गायक उदित नारायण झा, गायिका अलका याग्निकसँगै दीपा नारायण झा पनि स्टेजमा पुगेका थिए ।

गीत र मस्तीसँगै उदितनारायणले नेहालाई जसरी पनि आदित्यसँग विवाह गर्नुपर्छ भन्दै जिस्काएका थिए । नेहालाई उदित र दीपाले असाध्यै माया गर्ने गर्छन। आदित्यलाई नेहाका माता पिताले पनि आशिर्वाद दिएका थिए। कुरोकानी मिलेसंगै आदित्यले नेहा र आफ्नो विवाहको तारिख २०२० फेब्रुवरी १४ लाई तोकेका छन।

इन्डियन आइडलका होस्ट आदित्य नारायण झा र नेहा कक्कर मिल्ने साथी हुन्। अक्सर यिनीहरु सानो पर्दामा खुब मस्ती गरिरहेका हुन्छन। यी दुईको रोमान्टिक कहानीले शो लाइ थप रोमान्चक बनाइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय