आज घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडौं । आज छापावाल सुनको भाउ घटेको छ । आइतबार प्रति तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  २ सय रुपैयाँले घटेर ७४ हजार ८ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको छ । आज  चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय