घट्यो प्याजको मूल्य

dainikonline
दैनिक अनलाइन | पुस २६, २०७६ शनिबार | 0

काठमाडौं । पछिल्लो समय प्याजको मूल्य घट्दै गएको छ ।

भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि घट्न थालेको हो। 

पछिल्लो एक सातामा देभभर प्याजको मूल्य घटेको छ । 

वीरगन्ज र काँकडभिट्टामा जस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच भइरहेको छ। 

काठमाडौंको  कालीमाटी तरकारी बजारमा प्याज किलोको १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । कालीमाटीमा साताअघि भारतीय प्याजको मूल्य १ सय ९५ थियो।

गत महिनामा प्याजको मूल्य २५० पुगेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय