शालीनदीमा स्नान गरि पूजा गर्दै श्रीस्वस्थानीका ब्रतालु

dainikonline
दैनिक अनलाइन | पुस २६, २०७६ शनिबार | 0

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि शुरु भएको छ। 

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ।

भक्तपुरको हनुमानघाटस्थित शालीनदीमा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गर्ने गर्दछन्। यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको हो। 
    
हरेकवर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना यो मेला लाग्छ। बिहान हनुमान घाटस्थित त्रिवेणी धाम (शालीनदी) मा स्नान गरी, सूर्यलाई अद्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय