काठमाडौंमा घोडचढी प्रतियोगिता (भिडियोसहित)

dainikonline
दैनिक अनलाइन | पुस २५, २०७६ शुक्रबार | 0

काठमाडौं । शुक्रबार काठमाडौंमा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता भएको छ ।

नेपाल घोडचढी संघको आयोजनामा काठमाडौंको टुंडिखेलमा प्रतियोगिता भएको हो।

प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ गरी पुरुष तर्फ २० र महिलातर्फ ६ गरी २६ राईडरले प्रतिस्पर्धा गरेका थिए।

महिला राईडरहरुलाई भने प्रतियोगिताका आधारमा नभएर प्रोत्साहनका लागि सहभागि गराइएको आयेजकले जनाएको छ ।

कतार एयरवेज, टिभीएस, मित्सुविसी र लिओन मोटर्सले प्रतियोगिताको प्रायोजन गरेका थिए ।

विगतका वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितामा यो वर्षदेखि अन्य राईडरहरुको पनि सहभागिता रहेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय