अष्ट्रेलियामा बीउरहित लिचीको उत्पादन सुरु

dainikonline
दैनिक अनलाइन | पुस २४, २०७६ बिहिबार | 0

सिड्नी । अस्ट्रेलियाका एक किसानले सफलता पूर्वक बीउबिजनरहित लिचीको उत्पादन सुरु गरेका छन्।

झण्डै १९ बर्षको मेहेनतपछि पहिलो पटक बीउरहित लिचीको उत्पादन गर्न उनी सफल भएको डेलिमेलले जनाएको छ ।

उत्तरी क्वीन्सल्याण्डको सरिनाका किसान टिबी डिक्सनले बीउबिजनरहित लीची उत्पादनका लागि चीनबाट बितेका बर्षमा थुप्रै फलफूलका रूख खरिद गरेका थिए।

लिची र अन्य फलफूलको क्रसबाट बीउविहिन लिचीको विकास भएको हो। बीउरहित लिची स्वादिष्ट रहेको बताइएको छ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय