अष्ट्रेलियाको नदीमा डुबेर २ नेपालीको मृत्यु

dainikonline
दैनिक अनलाइन | पुस १९, २०७६ शनिबार | 0

सिड्नी । अष्ट्रेलियामा २ नेपाली युवकको मृत्यु भएको छ ।

सिड्नीस्थित बेरोरा क्षेत्रमा क्याम्पिङका लागि गएका उनीहरुको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा नेपालको  चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली रहेका छन् । घाइते प्रदीप पाण्डेको अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार शुक्रबार राति साढे सात बजे  बेरोरा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्न गएका उनीहरु बेपत्ता बनेका थिए। 

डुबेको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए।

खोजी कार्य शुरू गरेपछि राति साढे करिब ११ बजे दुवै जनाको शव भेटिएको समाचारमा जनाइएको छ । ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय