उखु किसान र सरकारबीच ५ बुँदे सहमति

dainikonline
दैनिक अनलाइन | पुस १८, २०७६ शुक्रबार | 0

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच ५ बुँदे सहमति भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा सहमति भएको हो । 

निर्धारित मूल्य अनुसार, उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी मिलहरुबाट दिलाउन सरकारले समन्वय र सहजीकरण गर्नेछ ।

कसानहरुले उत्पादन गरेको उखुको मूल्य तुरुन्त भुक्तानी गर्न स्वचालित प्रणाली बनाउनेबारे अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिने भएको छ ।

उखु किसानहरुलाई उपलब्ध गराइने अनुदान बापतको मूल्य समयमा उपलब्ध गराउन सम्बन्धित मन्त्रालयले अनुरोध गर्ने पनि सहमति भएको छ । 

सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय