सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क सेनिटरी प्याड वितरण सुरु

dainikonline
दैनिक अनलाइन | पुस १४, २०७६ सोमबार | 0

काठमाडौं । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई लाई सेनिटरी प्याड वितरण सूरु गरेको छ ।

सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्नु भएको छ। 

मन्त्री पोखरेलले प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गर्नुभयो । 

यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन पनि स्थानीय तहहरुलाई मन्त्री पोखरेलले आग्रह गर्नुभयो ।

‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो’, उहाँले भन्नुभयो ।

नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय