स्विच थिच्नासाथ हावामा उड्न थाल्छ यो बाइक

dainikonline
दैनिक अनलाइन | पुस १३, २०७६ आइतबार | 0

एक कम्पनीले यस्तो इलेक्ट्रिक बाइक बनाइरहेको छ, जुन सडकमा गुड्नुका साथसाथ हावामा पनि उड्ने गर्दछ। 

फ्रान्सको एक कम्पनी लाजारेथले बाइक एलएमभी ४९६ मा यस्तो फिचर बनाएको छ, जसलाई रोड मोडबाट आँफै परिवर्तन गरेर फ्लाइन मोडमा ल्याउन सकिन्छ। जसका लागि एक स्वीच थिच्नु पर्दछ। 

डेली मेलको रिर्पोट अनुसार लाजारेथ कम्पनी कस्टमाइज गाडी बनाउनका लागि परिचित छ। कम्पनीको सुरुवातमा यस बाइकले ५ प्रोटोटाइस बनाइरहेको थियो। जसमध्ये ४ वटा सर्वसाधाणले किन्न सक्ने समाचारमा उल्लेख गरिएको छ। 

कम्पनीले एलएमभी ४९६ बाइकको मूल्य ३.५ करोड राखेको छ। यस बाइकमा ४ सेट इन्जिन लगाइएको छ। यसले १३०० एचपीको फोर्स दिने गर्दछ। बाइकमा ड्यासबोर्डबाट अल्टीट्युड, स्पीड, पोजिशन र फ्यूलको मात्राका बारेमा जानकारी दिइने गरिएको छ। यो १० मिनेटसम्म हावामा उड्ने गर्दछ। इलेक्ट्रिक बाइकको रेन्ज ९६ किलोमिटर रहेको छ। त्यसपछि यसलाई चार्जको आवश्यकता पर्दछ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय