भुक्तानी नपाएपछि उखु किसान धर्नामा

dainikonline
दैनिक अनलाइन | पुस १३, २०७६ आइतबार | 0

काठमाडौं । सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।

चिनि मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो।

यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उहाँको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन्।

अन्नपूर्ण मिलले ५० करोड  र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो।

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन्।

भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन्।

किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्। मिलहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय