फेसबुकमा नयाँ नियम

dainikonline
दैनिक अनलाइन | पुस १२, २०७६ शनिबार | 0

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा नयाँ नियम ल्याएको छ। 

अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनु पर्ने छ। यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन। फोनबाटै म्यासेन्जर खोल्न मिल्थ्यो। 

यो नयाँ नियम नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै लागु हुने फेसबुकले जनाएको छ। पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यो नियम लागु हुने छैन्।  

यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन्। यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय