ललितपुरको पाटन दरबारमा चन्द्रमा देखिएपछि फोटो खिच्न सर्वसाधारणको भिड

dainikonline
दैनिक अनलाइन | पुस ६, २०७६ आइतबार | 0

काठमाडौँ । चन्द्रमाको आकृति  हेर्न  ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार सर्वसाधारणको भिड लागेको छ। उक्त चन्द्रमा देखेपछि फोटो खिच्ने र हेर्ने सर्वसाधारणको भिड जम्मा भएको थियो।

यो चन्द्रमा धरानका मिलन राईले बनाएर प्रदर्शनमा राख्नुभएको हो। उहाँले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताउनुभयो । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उहाँले भन्नुभयो।

उहाँले अब यो चन्द्रमा पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताउनुभएको छ। 

तस्वीर : रोशन सापकोटा/रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय