यदी पासवर्डमा यस्तो नम्बर राख्नुहुन्छ भने सावधान !

dainikonline
दैनिक अनलाइन | पुस ५, २०७६ शनिबार | 0

काठमाडौँ । प्रायः मानिसहरु आफ्नो डिभाइस वा सामाजिक सञ्जालको अकाउन्टमा सजिलोका लागि सिरियल नम्बर राख्ने गर्दछन्। यदी तपाईले पनि यस्तो तम्बर राख्ने गर्नुभएको छ भने सावधान रहनुहोस्। 

इङग्ल्याण्डको प्लेमाउथ यूनिभर्सिटीको एक अध्ययनले सिरियल नम्बर अर्थात १२३४५६ अंकाका पासवर्ड राख्ने मानिस अत्यधिक समस्यामा पर्ने गरेका छन्। यसरी पासवर्ड राख्दा प्याकरलाई पनि सजिलै थाहा हुन्छ भने अन्य व्यक्तिले पनि तपाईको पासवर्ड सजिलै पत्ता लगाउन सकने अध्ययनले देखाएको छ। सबैले सजिलै पत्ता लगाउने पासवर्ड भएपछि तपाईको एकाउन्ट वा कुनै गोप्य डाटा चोरी हुने वा लिक हुने सम्भावना अत्यधिक हुने गर्दछ। 

अध्ययनका अनुसार सबैभन्दा बढी यस्तै नम्बर हुने एकाउन्टबाट महत्वपूर्ण टाडा लिक तथा चोरी हुने गरेको पाइएको छ। त्यसैले पासवर्डका लागि कहिलै पनि यस्तो सिरियल नम्बर नराख्न विज्ञको सल्लाह छ। 

यस्ता प्रकारका पासवर्ड राख्नबाट पनि बच्नुहोस्

१२३४५६

पासवर्ड

१२३४५६७८

क्वेर्टी

१२३४५

१२३४५६७८९

लेटमिइन

१२३४५६७

फुटबल

आईलभयु

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय