मानिसहरुको जागिर रोबोटले खोस्दै

dainikonline
एजेन्सी | पुस ४, २०७६ शुक्रबार | 0

एजेन्सी । चीनका धेरै कम्पनीहरुमा रोबोट मजदुरको माग बढ्दै गएको अध्ययनले देखाएको छ । 

चीनको युहान युनिभर्सिटीको रिसर्च अनुसार मानिसहरुको भन्दा रोबोटको माग बढिरहेको छ ।

कम्पनीहरुले मजदुरभन्दा रोबर्टसलाई जागिर दिने गरेका छन् ।

रोबोट् मजदुर हरेक बर्ष ५७ प्रतिशतले बढिरहेको अध्ययनले देखाएको छ ।

रोबोटले गर्दा देशभरिमा करिब ९.४ प्रतिशत मानिसको जागिर खोसिएको छ ।

रोबोटलाई काममा लगाएपछि पछिल्लो १० बर्षमा कति मानिस विस्थापित भए भन्ने बारे युहान युनिर्भिटीले १९ सय ७८ कम्पनीमा सर्भे गरेको थियो । 

उक्त सर्भेको दाबी छ कि २००८ मा रोबोट मजदुरको संख्या १२ प्रतिशत मात्रै थियो भने २०१७ मा बढेर ३७ प्रतिशत पुगेको छ ।

म्यानुफ्याक्चरिंग क्षेत्रमा ४० प्रतिशत रोबोट्स मजदुर सामेल रहेका छन् ।

रोबोट मजदुरको माग बढेसँगै रोबोट उत्पादनमा समेत बृद्धि आएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय