अमेरिकाको डालासमा पनि खुल्यो ‘बाजेको सेकुवा’

dainikonline
दैनिक अनलाइन | मंसिर २८, २०७६ शनिबार | 0

काठमाडौं । लोकप्रिय रेष्टुरेण्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ । लोकप्रिय नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुदघाटन गरिएको हो ।
 
टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मन पराउने विदेशीलाई लक्षित गर्दै शाखा विस्तार गरिएको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जीव तिमल्सिनाले जानकारी दिनुभयो ।

अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरिकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा सञ्चालनमा ल्याइएको हो ।
 
नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन् । यसअघि अमेरिकाको न्यूयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ । डालास लगत्तै अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडि बढिसकेको तिमल्सिनाले बताउनु भयो । 

नेपालमा नेपालगञ्ज, विराटनगर र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ । भर्खरै भक्तपुरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन् ।

काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवा रेष्टुरेण्ट अन्तर्गत उपत्यका बाहिर तीन, अमेरिकामा दुईसहित १४ वटा रेष्टुरेण्ट सञ्चालनमा छन् ।

विदेशमा पनि शाखा विस्तार गर्दै नेपाली मौलिक स्वादका माध्यमले नेपाललाई विश्वसामु चिनाउने कम्पनीको लक्ष्य रहेको अप्रेशन प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय