भोलि धनुषाका विद्यालय तथा क्याम्पस बन्द

dainikonline
दैनिक अनलाइन | मंसिर २८, २०७६ शनिबार | 0

धनुषा । आइतबार धनुषा जिल्लाका सम्पूर्ण संस्थागत विद्यालय तथा क्याम्पस बन्द हुने भएका छन्। बम बिस्फोटमा परी तीन जनाको मृत्यु भएको शोकमा संस्थागत विद्यालय संरक्षण समितिले एक विज्ञप्ती जारी गर्दै धनुषा जिल्लाका सम्पूर्ण संस्थागत शैक्षिक संस्था बन्द हुने जानकारी दिएको छ। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शुक्रबार राति राजेश्वर साहको घरमा अज्ञात व्यक्तिले छाडेको बम बिस्फोट हुँदा साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो। छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।

यस्तै घटनामा गम्भीर घाइते भएका धनुषाका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर अमिर दहालको समेत उपचारको क्रममा मृत्यु भएको थियो।

राजेश्वर साहका बुबा भिखारी साह, अर्का छोरा प्रकाश, छोरी अञ्जली, निक्की र प्रहरी जवान रिजन महतो गम्भीर घाइते भएका छन्। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय