काठमाडौंबाट दिल्ली बसाई सरेको थियो परिवार, ८ घण्टामा सबैको मृत्यु

dainikonline
एजेन्सी | मंसिर २८, २०७६ शनिबार | 0

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीसँग जोडिएको नोयडामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

उक्त परिवार गत सेप्टेम्बरमा मात्र काठमाडौंबाट दिल्ली सिफ्ट भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

शुक्रबार बिहान साढे ११ बजे युवकले रेलको लिकमा हाम फालेर आत्महत्या गरेका थिए।

उक्त घटनाबाट विक्षिप्त भएकी पत्नीले बेलुका साढे सात बजे छोरीको हत्या गरिन्। छोरीको हत्या गरेपछि उनले झुन्डिएर आत्महत्या गरेकि हुन्।

प्रहरीले सुरुवाती अनुसन्धानमा आर्थिक अभाव मुख्य कारण रहेको बताएको छ।

चेन्नई घर भएका ३३ बर्षीय भरत जे सुब्रहमण्यम सेप्टेम्बरमा काठमाडौँबाट नोएडा बसाइँ सरेका थिए । उनी ३१ बर्षकी पत्नी शिवरञ्जनी,५ बर्षीया छोरी जयश्रीता र भाइ कार्तिक सँग नोयडामा बस्दै आएका थिए ।

शुक्रबार बिहान भरतले जवाहरलाल नेहरु मेट्रो स्टेसनमा ट्रेनको छेउमा मासिनहरुकै अगाडि रेलको लिकमा हाम फाल्दै आत्महत्या गरेपछि प्रहरीले मृतकको सनाखत गर्दै पत्नीलाई उक्त जानकारी गराएको थियो ।

मृतकका भाईसँगै घटना स्थल पुगेकि शिवरञ्जनीले घर फर्केपछि छोरीको हत्या गरेकि हुन्।  

त्यसपछि उनले झुन्डिएर आत्महत्या गरिन। फ्लाटमा आमाछोरीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार भरतले १० वर्षअघि शिवरञ्जनीसँग प्रेमविवाह गरेका थिए ।

उनी गोल्डेन टिप्स चिया कम्पनीमा साधारण म्यानेजरको जिम्मेवारीमा कार्यरत थिए । भरत यसअघि नेपालमा काम गर्थे ।

मृतकका भाइले उक्त परिवार आर्थिक अभावबाट गुज्रिरहेको बताएका छन् । 

घटनास्थलबाट सुसाइड नोट फेला परेको छैन् । आमा छोरीको शव पोष्टमार्टमका लागि पठाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय