गोजीमै ट्याक्सी : ट्याक्सीमाण्डुबाट यसरी हुन्छ यात्रा सहज

dainikonline
दैनिक अनलाइन | मंसिर २७, २०७६ शुक्रबार | 0

काठमाडौं । इन्टरनेट र प्रविधिले फड्को मारिरहँदा हिजो असम्भव र सपनाजस्ता लाग्ने कुराहरु पनि अहिले सम्भव र सामान्य हुन थालेका छन् । मानिसका प्रत्यके काहरुलाई प्रविधिले सहज र सरल बनाइदिएको छ ।

सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न ? विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएका छन् । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ, इसेवा, आइएमई पे, खल्ती आदिलाई लिन सकिन्छ । तपाईंसँग एउटा स्मार्टफोन छ र आफू पनि प्रविधिमा खेल्न रमाउनहुन्छ भने धेरै काम हामी घरमै बसेर गर्नसक्ने भइसकेका छौं ।

यही मेसोमा अब हामीले ट्याक्सी खोज्दै भौंतारिइरहनु पर्ने छैन । राजधानीका जुनसुकै ठाउँबाट जुनसुकै ठाउँमा पुग्न घरमै बसेर मोबाइल एपबाटै घरकै ढोकामा ट्याक्सी बोलाउन सकिने भएको छ । हिजोमात्रै सार्वजनिक गरिएको ‘ट्याक्सीमाण्डु’ एपलाई आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्नुहोस् र जुनसुकै समयमा आफूलाई चाहिँदा त्यसको प्रयोग गरेर आफ्नो गन्तव्यलाई सहज र सरल बनाउन सकिनेछ ।

प्रयोगकर्ताका लागि

यहाँ क्लिक गरेर गुगल प्लेस्टोरबाट एप डाउनलोड गर्न सकिन्छ ।

आइफोन प्रयोगकर्ताका लागि
यहाँ क्लिक गरेर एपस्टोरबाट ट्याक्सीमाण्डु डाउनलोड गर्नुहोस् ।

ड्राइभरका लागि
यहाँ क्लिक गरी प्लेस्टोरबाट डाउनलोड गर्नुहोस् ।
यहाँ क्लिक गरी एपस्टोरबाट डाउनलोड गर्नुहोस् ।
 

‘फील सेफ राइड अन टाइम’ स्लोगनका साथ ल्याइएको यो एपले परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहजरुपमा ट्याक्सीचालक र यात्रुबीच पुलको काम गर्ने कम्पनीले जनाएको छ । यो एपको शुभारम्भसँगै अब काठमाडौंका ट्याक्सीहरु आफ्नै गोजीमा बोकेर हिँड्न सकिने भएको छ ।

यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । त्यस्तै यात्रुहरुले पनि ट्याक्सी खोज्न सडकमै भौतारिनुपर्ने समस्याको यसले अन्त्य गर्नेछ । यात्रुहरुले अब आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न सक्नेछन् । 

यसकालागि  ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप सञ्चालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।
 
त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने सञ्चालकले बताएका छन् । उपत्यका आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले ट्याक्सीको प्रयोग गर्ने भएकाले त्यसका लागि ट्याक्सीमाण्डु भरपर्दो माध्यम बन्ने एपका सञ्चालक स्वीटी खत्रीले जानकारी दिए । 

चालक र यात्रु दुबैको सुरक्षा
यो एप सुरक्षाका दृष्टिकोणले एकदमै सम्वेदनशील रहेको छ । यो एपको प्रयोगबाट ट्याक्सीमा हुनसक्ने सम्भावित अपराधको घटनामा नियन्त्रण गर्न सकिने सञ्चालक स्वीटीको दावी छ । उनी भन्छिन्, ‘यस एपमा दर्ता हुने ट्याक्सीचालक र यात्रुहरुको नागरिकता, सवारीचालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ । यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गतिविधिहरुको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुनेछ ।’

ट्याक्सी चालक र यात्रुलाई विशेष सुविधा 
ट्याक्सीमाण्डु एपले आफ्नो औपचारिक घोषणासँगै ह्याम्स अस्पताल र इसेवाबीच सम्झौता पनि गरेको छ । जसले ट्याक्सी चालकलाई विभिन्न सेवा उपलब्ध गराउने ट्याक्सीमाण्डु एपका प्रबन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए । 

प्रवन्ध निर्देशक केसीले भने, ‘हामीले चालकको सेवा सुविधाका लागि ह्याम्स अस्पताल र इसेवासँग पनि सम्झौता गरेका छौं । सम्झौताअनुसार ट्याक्सीमाण्डुमा दर्ता हुने चालकहरुले ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।’ केसीले थपे, ‘त्यस्तै यो एपको प्रयोग गर्ने चालक र यात्रुले इसेवाबाट पे गर्दा ५ प्रतिशत क्यासब्याक पाउनेछन् ।’

त्यस्तै एक महिनामा धेरै यात्रु बोक्ने ट्याक्सीलाई पेट्रोल हालिदिने र वर्षमा धेरै यात्रु बोक्ने ट्याक्सीको कर तिरिदिने समेत प्रबन्ध निर्देशक केसीले जानकारी दिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय