धोका दिने ब्वाईफ्रेण्डमाथि युवतीले यस्तो सम्म गरिन

dainikonline
सांकेतिक तस्विर
दैनिक अनलाइन | मंसिर २४, २०७६ मंगलबार | 0
सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको कपनमा एक १९ बर्षकी युवतीले प्रेमीको लिंग काटिदिएकी छन् । 

विहे गर्ने आश्वासन दिँदै आएका प्रेमीले धोका दिएको भन्दै आफ्नै कोठामा बोलाएर उनको लिंग आधा काटिदिएकी हुन् ।

बौद्ध स्थित हायात होटलमा कार्यरत मकवानपुरका २१ बर्षीय ती युवाको चाबहिल स्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको जनाएको छ ।

विगत १ बर्ष देखि प्रेममा रहेका उनीहरुबीच पछिल्लो समय खटपट देखिएको थियो । 

युवकले आफ्ना परिवारले नमानेको भन्दै केहि दिन अघि सम्बन्ध तोडेका थिए ।

बिहे गर्न नसक्ने बताएपछि युवतीले गयराति अन्तिम पटक भेट्न कोठामै बोलाएकि थिइन् । 

युवतीले आफ्नै हातमा चक्कुले प्रहार गर्दा चोट लागेको छ । युवतीले आफूहरुको प्रेम सम्बन्ध सफल नहुने देखेपछि यस्तो गरेको बुझिएको छ ।

युवक क्रिस्चियन र युवती बौद्ध धर्ममा आस्था राख्ने रहेको बताइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय