दर्शकलाई 'लात्ती' हान्ने प्रहरीलाई कारवाही हुने

dainikonline
दैनिक अनलाइन | मंसिर २४, २०७६ मंगलबार | 0

काठमाडौं । १३ औं साग फुटबल हेर्न दशरथ रंगशाला पुगेका दर्शकमाथि लात्ती र मुक्का प्रहार गर्ने प्रहरी अधिकारीमाथि कारवाही हुने भएको छ । 

महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले उक्त घटनाप्रति खेद प्रकट गरेका छन् । 

घटनामा संलग्न हरुमाथि अनुसन्धान गरि कारवाही हुने उहाँले बताउँनु भयो । 

मंगलबार पत्रकार सुमन चापागाईं माथि पनि हातपात भएको छ ।

प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले मुक्का हानेको बताइएको छ ।

यो पनी

फुटबल हेर्न गएका दर्शकलाई प्रहरीको 'किक' (भिडियो)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय