कर्णालीको विकास र समृद्धिमा अन्तर्राष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

dainikonline
दैनिक अनलाइन | मंसिर २३, २०७६ सोमबार | 0

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोमबार सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारहरुको बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले तीव्र विकास, गरिवीको अन्त्य र सुशासनको प्रत्याभूति सबै नागरिकको चाहना भएको र यसलाई पूरा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

मुख्यमन्त्री शाहीले कर्णालीको गरिवीको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृत रुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाहरुले लगानी गर्नुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुसँग सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।  

संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा आफूहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले कानुन निर्माण, प्रशासनिक संरचनाको स्थापना लगायतका व्यवस्थापकीय काम नटुंगेका कारण जनअपेक्षा बमोजिम काम हुन नसकेको बताउनुभयो । संवैधानिक व्यवस्था बमोजिम कानुनीरुपमा ३ वटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक स्रोतसाधनको बाँडफाँड, प्रशासनिक संरचनाको स्थापना जस्ता आधारभूत कामहरु अहिलेसम्म पनि पूरा हुन नसक्नु दुःखद भएको बताउँदै मुख्यमन्त्री शाहीले त्यसका बावजुद पनि कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार उत्साहजनक रुपमा अगाडि बढेको बताउनुभयो । 

मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाइल निर्माण, पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना बैंकको तयारी जस्ता काम सम्पन्न भएको बताउनुभयो । 

बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआइडीकी नेपाल प्रमुख ीष्कब ज्बलयलले अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुले एकीकृतरुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग ९एीन्क्ए०कार्यक्रम सञ्चालनका लागि संघीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिनुभयो । ठूला परियोजना सञ्चालनका लागि संघीय सरकारसँग सहकार्य भइरहेको बताउँदै बैंकका कन्ट्री म्यानेजर ँबचष्क ज्बमबमले मझौला तथा साना योजना, स्थानीय उत्पादनको ब्राण्डिङ, तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक इच्छुक रहेको बताउनुभयो । 

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरु डिएफआइडी, विश्व बैंक, युसएड, युएनडिपी, युरोपेली युनियन र नर्वेजियन दूतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय