पौडीमा गौरिका सिंहलाई ऐतिहासिक स्वर्ण

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | मंसिर १९, २०७६ बिहिबार | 0
फाइल फोटो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतीय खेलाडीलाई हराउँदै नेपालकी गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्।

उनले बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन्। । उनले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । 

उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पौडिइन् ।  

यो स्वर्ण सागको पौडीको व्यक्तिगततर्फ नेपालको जितेको पहिलो स्वर्ण हो ।

यसअघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ । आठौ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए ।

गौरिकाले यसअघि २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय